• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती राजनीति

    ५९ सांसदसहित पाण्डेद्वारा मुख्यमन्त्रीमा दावी पेश

    661
    SHARES


    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।

    शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन्

    प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न भनिएको छ । बागमती प्रदेशसभा १०९ सदस्यीय रहेको छ भने बहुमत पुर्याउन ५५ सांसद जरुरी हुन्छ ।

    प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको थियो ।

    गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा दावी पेश गरेका एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेको पक्षमा ५९ जना सांसद छन् । जसमा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ