• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    आफ्नै जेठान गजेन्द्रले खोलिदिए प्रधानन्यायाधीश जबराको पोल, यतिसम्म भनेका रहेछन्

    747
    SHARES


    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठानले नै प्रधान्यायाधीशको पोल खोलेका छन् । गजेन्द्र हमालले आफूलाई मन्त्री बन्नबाट प्रधानन्यायाधीशले रोक्न खोजेको खुलासा गरेका हुन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा जेठान नाता पर्ने गजेन्द्र हमाल मन्त्री बनेपछि विवादमा परे । हमालकी बहिनीसँग जबराले विवाह गरेका थिए । उनको २०४१ सालमा निधन भएपछि जबराले दोस्रो विवाह गरेका थिए ।

    जेठी पत्नीको निधनपछि जबराको हमाल परिवारसँग दूरी बढ्दै गयो । एकप्रकारको नातासम्बन्ध पनि रहेन । बाँके बर्दियाका जमिन्दारका सन्तान गजेन्द्र हमाल नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

    उनी एकाएक मन्त्री बनाइएपछि जबरा विवादमा तानिए । उनकै चाहना अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई मन्त्री बनाएको चर्चा चल्यो ।

    आज बारका प्रतिनिधिसँगको भेटमा जबराले गजेन्द्र हमालसँग जोडेर विवादमा पारेकोमा दुःख पोखे । हमाललाई मन्त्री बनाउन लागेपछि आफू विवादमा परेपछि उल्टै नबनाउन आग्रह गरेको खुलाए ।

    तर, देउवाले हमाललाई मन्त्री बनाइछाडे । पछि हमाल आफैले राजीनामा दिए । हमालले पनि जबराले आफूलाई मन्त्री बनाउन नभनेको र कुराकानी नभएको महिनौं भइसकेको बताएका छन् ।

    प्रधानन्यायाधीश जबराले निकटस्थसँग हमालको विषय नियोजित रुपमा आफूलाई विवादमा पार्न उचालिएको बताउने गरेका छन् । हमालकी बहिनीसँग जबराले विवाह गरेका थिए । मृत्यु भएको ३७ वर्ष पुगिसकेको र हमाल परिवारसँगको सम्बन्ध टाढाको भइसकेको अवस्थामा विवादमा पारेको भन्दै गुनासो पोखे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ