• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आफ्नो राजीनामा मागिएपछि प्रधानन्यायाधीशले चाले यस्तो कदम

    460
    SHARES


    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलाससहितको पेसी तोकेका छन् । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा प्रधानन्यायाधीश जबराले बुधबार आफू मात्रै रहने पूर्ण इजलासमा पनि पेसी तोकेका छन् ।

    प्रधानन्यायाधीश जबराले बुधबारका लागि आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पनि पेसी तोकेका छन् । यद्यपि अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गर्ने गरी बिहान ११ः३० बजे आन्तरिक छलफल डाकेका छन् ।

    अन्य न्यायाधीशहरु इजलासमा नबसेपनि आफू एक्लै बस्न मिल्ने गरी प्रधानन्यायाधीश जबराले पूर्ण इजलास (प्रधानन्यायाधीश एक्लै बसेपनि) मा आफ्ना लागि ५ वटा मुद्दा राखेर पेसी तोकेका छन् ।

    प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।

    त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

    अन्य न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेर इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलास तोक्नुले बुधबार केही मुद्दाको सुनुवाई गर्न खोजेको देखिन्छ ।

    यद्यपि कानुन व्यवसायीहरुले इजलास बहिष्कार गर्ने बताएका कारण प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलासको गठन गरेर पेसी तोकेपनि इजलास बस्न सक्ने सम्भावना भने ज्यादै कम छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ