• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक भोलिदेखि

    456
    SHARES


    काठमाडौँ । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक भोलिदेखि भारतको बेंगलुरुमा शुरू हुँदैछ ।

    उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली आजै त्यसतर्फ जाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो । समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक भएका थिए ।

    परामर्श समूहको १४औँ बैठक विसं २०७६ चैतमा भारतको नयाँ दिल्लीमा गर्ने योजना रहेकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।

    भारतको तर्फबाट पनि बाह्य मामिला मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने उक्त बैठकमा तालिम र क्षमतासम्बन्धी सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको नेपाली सेनाले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया