• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights प्रवास

    करिब २ वर्षपछि कोरियामा कामदार पठाउन शुरू, आजै कति जना जाँदैछन् ?

    858
    SHARES


    काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा आज बुधबारदेखि कामदार पठाउन सुरु गरिँदैछ ।

    कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान शुरु गर्ने भएका हुन् ।

    पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ ।

    यस्तै मलेसियामा साढे तीन बर्षको अबधिमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको छ । मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले नेपाली श्रमिको उच्च मृत्युदर बारे अध्ययन गर्ने भएको छ ।

    सुहाकमलाई त्यहाँस्थित नेपाल दूतावासले दिएको प्रतिवेदनलाई अध्ययन गर्दा त्यहाँ मृत्यु हुने नेपाली नागरिकको संख्यामा वृद्धि भएको जनाएको छ ।

    सुहाकम कमिश्नर जेराल्ड जोसेफका अनुसार आयोगले नेपाली दूतावासबाट सूचना प्राप्त गरेको विवरणमा सन् २०१८ देखि जुलाई २०२१ को बीचमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मलेसियामा मृत्यु भएको जानकारी दिएका छन् ।

    यसरी मृत्यु हुनेहरु मध्ये बहुसंख्यकको मृत्युको कारण आत्महत्या,कार्यस्थल दुर्घटना निमोनिया, कोभिड १९ तथा अन्य रोगहरु रहेको स्थानीय सञ्चार माध्यम मालयमेलले जनाएको छ ।

    नेपालीको उच्च मृत्युदर बारे अध्यनमा श्रम विभाग वा सुरक्षा विभाग र स्वास्थ्य विभागलाई पनि संलग्न गरिने कमिश्नर जोसेफले बताए । सुहाकमले पत्रकार सम्मेलन गर्दै मृत्युको कारण र यसमा को जिम्मेवार हुने भन्ने बिषयमा पनि अध्यनमा गर्ने जनाएको छ ।

    उनका अनुसार आयोगले यस विषयमा नेपाली दूतावासका कर्मचारी र सम्बन्धित एजेन्सीहरूसँग थप जानकारी लिई अनुगमन गर्ने जनाएको छ।

    मलेसियामा हरेक दिन एक जना नेपालीको मृत्यु हुने त्यहाँ क्रियासिल विभिन्न संघसस्था तथा श्रमिकहरुले बताउने गरेका छन् । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो । जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ