• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउने तयारी भइरहेका बेला प्रचण्डले गरे यस्तो खुलासा

    0.9K
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको विषयमा सत्तारुढ गठन्धनमा छलफल नभएको बताएका छन् ।

    मंगलबार चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले महाअभियोगको विषयमा चर्चा र छलफल नै नभएको बताए । ‘गठबन्धनमा त्यस्तो छलफल भएको छैन, हिजोमात्र हामी गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं ।

    तर पाँचवटै पार्टी जुटेर छलफल गर्ने भन्ने भएको छ’ उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले न्यायालयको स्वतन्त्रता र गरिमा कतैबाट जाँच नआओस् भन्ने कुरामा सबै सतर्क हुनुपर्ने बताए ।

    हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा गरेको पनि प्रचण्डले बताए । ‘न्यायालयमा जुन डिबेट चलिरहेको छ । एक दुई दिनभित्र निष्कर्षमा पुग्छ भन्ने लाग्छ ।

    तर पनि हामी के कुरामा सतर्क हुनुपर्‍यो भने कार्यपालिका न्यायपालिका, व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्न बल गर्नैपर्छ’ उनले भने ।

    अध्यक्ष प्रचण्डले नेकपा एमालेले १० औं महाधिवेशन चितवनमा गर्दा आफूलाई फाइदा पुग्ने बताएका छन् । आफूलाई महत्व दिएर एमालेले बुटवलमा तय भएको महाधिवेशन चिवतन सारेको भन्दै प्रचण्डले यसले आफूलाई फाइदा पुग्ने बताएका हुन् ।

    ‘उहाँहरुले यहाँ महाधिवेन गरेर मलाई विजयी बनाउने सुरुवात गर्नुभएको छ भन्ने लागेको छ’ मंगलबार चितवनमा पत्रकारसँग उनले भने, ‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भनेर चितवनका जनताले राम्रै बुझ्ने भए नि । प्रचण्डको भूमिका देशमा के रहेछ प्रचण्डको महत्व के रहेछ थाहा पाउने भए ।’

    एमालेले चितवनमा महाधिवेशन गर्दा तपाईंलाई कसरी फाइदा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रचण्डमाथि केन्द्रित गरेर महाधिवेशन गर्नु आफैंमा फाइदाजनक हुँदैन र तपाईंहरुले कस्तो विश्लेषण गर्नुभएको छ ?’ मंसिरको १० देखि १२ गतेसम्म नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने तय गरेको छ ।

    यस्तै नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए ।

    ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।

    प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेको, न्यायालयको गरिमामा आँच पुर्‍याउने कार्य भएकोजस्ता आरोप लाग्दै आएको छ । प्रधानन्यायाधीश राणाले तोकेका इजलास अन्य न्यायाधीशहरुले अस्वीकार गरेपछि दुई दिन सर्वोच्चमा कुनै पनि मुद्दामा सुनुवाई भएको छैन ।

    सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा आफ्नो गल्ती सच्याउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै इजलास नै बहिस्कार गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया