• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    कुमार पौडेल ह त्या प्रकरणबाट जोगिन सर्वेन्द्र खनालले निकाले यस्तो जुक्ति, ओलीले दिए साथ

    720
    SHARES


    काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा(एमाले) प्रवेश गर्ने तयारीमा लागेका छन् । केही दिनपछि नै उनी पार्टी प्रवेश गर्न लागेका छन् ।

    कुमार पौडेल ह त्या घटनामा उनीमाथि अनुसन्धान चलिरहेको छ । सर्वाेच्च अदालतले नै उनीमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । जसअनुसार सर्लाही प्रहरीले जाहेरी दर्ता गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    सोहि प्रकरणबाट जोगिन खनालले यस्तो जुक्ति निकालेका हुन् । उनलाई यो प्रकरणबाट जोगाउन एमाले अध्यक्ष केपी ओलेले साथ् दिइरहेका छन् ।

    खनाल यसअघि पनि एमाले प्रबेश गर्ने तयारीमा थिए । त्यसैका लागि सांसद अ’पहर’णमा जोडिएका थिए । नेकपा समाजवादीमार्फत राजदूत हुने प्रयास गरेपनि असफल भएपछि उनी सक्रिय राजनीतिमा लाग्ने सुरमा छन् ।

    खनाल केही दिनमै पार्टी प्रवेश गर्ने एमाले नेता किरण गुरुङले बताए । तनहुँ स्थायी घर भएका खनालले तनहुँबाटै राजनीति गर्ने तयारी गरेका छन् । उच्च महत्वकांक्षी स्वभावका उनी पटक-पटक विविध विवादमा मुछिएका थिए ।

    के हो कुमार पौडेल इन्काउन्टर प्रकरण ?

    २०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीले नियन्त्रमा लिएर विप्लव नेतृत्वको नेकपा निकट तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेललाई गोली हानी ह त्या गरेको थियो । तत्कालिन अवस्थामा उनी दोहोरो भि डन्तमा मारिएको भन्दै प्रहरीले दावी गरे पनि संचारकेन्द्र डटकमले घटनास्थलको ताजा तस्विर ब्रेक गरेर ह त्या भएकाे समाचार प्रकाशन गरेको थियो ।

    संचारकेन्द्रले सार्वजनिक गरेको उक्त तस्विरमा पौडेललाई यातना दिएर, हात समेत ३ ठाउँमा भाँचेर गो ली हानेको प्रष्ट देखिन्छ । सोहि तस्विर सार्वजनिक भएपछि घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान गरेको थियो । आयोगले २०७६ कार्तिक ४ मा प्रतिवेदनसहित घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो । तर, तत्कालीन केपी शर्माओली नेतृत्वको सरकारले सो सिफारिसलाई बेवास्ता गरेको थियो ।

    प्रहरीले अहिले पनि सो घटनालाई ‘इन्काउन्टर’ गरिएको जिकिर गर्दै आएको छ । हुलाकबाट पठाएको जाहेरी दर्ता नगरेको भन्दै कुमारकी आमा दुर्गादेवी पौडेलले २०७७ मंसिर १२ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलले असोज ११ मा ‘जाहेरी दर्ता गरेर अदालतलाई जानकारी गराउनु’ भन्ने आदेश गरेका थिए ।

    १० जनाविरुद्ध किटानी
    आफ्नो छोराको गैह्रन्यायिक ह’त्या गरिएको भन्दै दुर्गादेवीले १० जनालाई विपक्षी बनाएर जाहेरी दिएकी छिन । न्यायाधिवक्ताको रोहबरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले निवेदीकाबाट सनाखत गराएको थियाे ।

    सर्लाहीका तत्कालिन सीडीओ कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, प्रदेश–२ का तत्कालीन डिआइजी हरिबहादुर पाल, इप्रका लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, इप्रका नवलपुरका सई सूर्य कुमार कार्की र जिल्ला अस्पतालमा सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डल विरुद्ध किटानी जाहेरी दिइएको छ ।

    प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हवल्दारहरु सत्यनारायण मिश्र र विनोद शाह तथा इन्सपेक्टर कृष्णदेव प्रसाद शाह (केडी) बिरुद्ध पनि किटानी जाहेरी दिइएको छ । पीडित पक्षले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि योजनामा संलग्न भएको जिकिर गरेका छन् ।

    इन्काउन्टर हुँदा गृहमन्त्री थिए रामबहादुर थापा ‘बादल’ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए । गृहमन्त्री र आइजीपीको योजनामा आफ्ना छोरालाई कब्जामा लिएर ‘ह त्या’ गरिएको दुर्गादेवीले दाबी गरेकी छिन् । इन्सपेक्टर कृष्णदेवप्रसाद शाह नेतृत्वको टोलीले हानेको गो लीबाट कुमार पौडेलको ज्यान गएको थियो ।

    तत्कालीन आइजीपी खनालले प्रहरी हेडक्वार्टरमा कार्यरत इन्सपेक्टर शाह, हवल्दार सत्यनारायण मिश्र र विनोद शाहलाई खटाएर ह त्या गरेको पीडितको आरोप छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ