• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

    273
    SHARES


    काठमाडौँ । कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौँ जिल्लामा लगाइँदैछ ।

    काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौँ महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ ।

    यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ । बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ। काठमाडौँ महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ ।

    खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया