• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

    391
    SHARES


    काठमाडौँ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो ।

    राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

    केहि दिन पहिला देशको सुदुरपश्चिममा ब्यापक बर्षा भएका कारण सयौं जनाको ज्यान गएको थियो भने धनमालको समेत नोक्शान भएको थियो । यस्तै पुर्वको तराइ भागमा समेत ब्यापक बर्षा भएका कारण डुबान भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया