• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृहमन्त्रीको निर्देशनपछि काठमाडौँबाट उड्यो हेलिकप्टर

    879
    SHARES


    काठमाडौं। पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले  काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

    पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।

    प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।

    खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार गरिएको छ। मकालु आधार शिविरको हिउँमा फसेका चार जना नेपालीको सोमबार हेलिकप्टरबाट उद्धार गरिएको हो।

    त्यस्तै मकालु आधार शिविरको हिउँमा काठमाडौंका अनोज चुडाल, सोलुखुम्बुका जंग कुलुङ राई, दीपक कुलुङ राई, दिनेन्द्र कुलुङ राईलाई सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य नीरज कार्कीले जानकारी दिए।

    विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात जना नेपाली मकालु आधार शिविर पुगेका थिए। कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी छ।

    विष्णु र तेन्जिङ मकालु गाउँपालिका–२ को लाङमालेमै रहेको कार्कीले बताए। मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौं लगिएको थियो। गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालु आधार शिविर गएका थिए।

    मकालु आरोहणका लागि शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको निधन भएको थियो। गत शुक्रबार निधन भएका उनको चार दिन बित्दा पनि आधार शिविरमै छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया