• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सर्वोच्च अदालतका न्यायाधीशले किन गरे इजलास बहिस्कार ? यस्तो छ कारण

    457
    SHARES


    काठमाडाै‌ । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेसी तोकिए पनि इजलास नै बस्न सकेन । सोमबार दशवटा इजलास तोकिँदा कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन ।

    प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले थालेको अभियान अब इजलास बहिस्कारसम्म पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नैतिक प्रश्न उठेपछि न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।

    आइतबार मात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश राणासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए । यसैबीच नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।

    न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर गरेको छ । बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

    ‘प्रधानन्यायाधीशबाट नै निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘औपचारिक निर्णयचाँही मंगलबार मात्रै सार्वजनिक गर्छौँ।’ मंगलबार सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्ने उनले जानकारी दिए ।

    सोमबार नै बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले पनि अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश जबरा रहेकाले उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

    जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले नियुक्त भएको तीन दिन नपुग्दै राजीनामा दिए पनि प्रधानन्यायाधीश जवराको संकट भने टरेको छैन । आफू अप्ठ्यारोमा परेर जेठानलाई राजीनामा गराएको आरोप पनि जबरालाई लागिरहेको छ ।

    स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर चलखेल गरेको भन्दै न्यायीक वृत्तबाटै राजीनामाको आवाज चर्किएको छ । तर प्रमुख राजनीतिक दलहरु भने यस विषयमा मौन छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया