• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    सूडानमा सैन्य ‘कू’- प्रधानमन्त्री र मन्त्रीलाई पक्राउ गरि कहाँ पुर्याइयो ?

    737
    SHARES


    काठमाडौँ । सूडानमा सैन्य कूको खबरबीच अन्तरिक सरकारका थुप्रै मन्त्री र सदस्यलाई उनीहरुको घरबाट पक्राउ गरिएको छ । प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनका कम्तीमा चार मन्त्रीलाई पक्राउ गरिएको छ ।

    यी सबैलाई सोमबार बिहानै केही अज्ञात सैनिकले हिरासतमा लिएको बताइएको छ । यद्यपि, सूडानको सेनाले यसबारे कुनै टिप्पणी भने दिएको छैन तर लोकतन्त्र समर्थक समूहले मानिसहरुलाई सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न अपिल गरेका छन् ।

    दुई वर्ष अघि, वर्र्षौंदेखि सूडानमा राज गरिरहेका उमर अल–बशीरलाई सत्ताबाट हटाइएपछि एक अन्तरिम सरकार अस्तित्वमा आएको थियो । त्यसयता सेना र नागरिक सरकारबीच विवादको स्थिति छ । यी गिरफ्तारी कसले गरायो भन्ने अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन ।

    प्रत्यक्षदर्शीका अनुसार राजधानी खार्तूममा इन्टरनेट बन्द छ । सोसल मिडियामा सेयर गरिएका सन्देशमा रुष्ट भीडले सडकमा टायर बालिरहेको देखिएका छन् ।

    समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै खार्तूममा सेना र अर्धसैनिक बल तैनाथ छन् र मानिसहरुको आवतजावत सिमित गरिएको छ । खार्तूम विमानस्थल पनि बन्द गरिएको छ र सबै अन्तरराष्ट्रिय उडान स्थगित गरिएको छ । बीबीसी

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ