• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ‘शाहरुख खान भाजपामा समावेश भए, ड्रग्सलाई चिनी मानिनेछ’

    698
    SHARES


    काठमाडौँ । महाराष्ट्रका नेता छगन भुजबलले क्रुज ड्रग्स केसमा भाजपामाथि निशाना साँधेका छन् । एनसीपी नेताले भाजपाको दोहोरो चरित्रमाथि निशाना साँध्दै बलिउड अभिनेता शाहरुख खान भाजपामा समावेश भए ड्रग्सलाई चिनी मानिने बताएका छन् ।

    क्रुज ड्रग्स केसमा शाहरुखका छोरा आर्यन खान जेलमा कैद छन् ।​ भुजबलले भने, ‘गुजरात को मुन्द्रा पोर्टमा ३००० किलो हेरोइन बरामद भयो तर त्यसको कुनै अनुसन्धान गरिएन ।

    एनसीबी शाहरुखको पिछा लागिरहेको छ तर यदि शाहरुख बीजेपीसँग सम्बन्धित भए ड्रग्सलाई पनि चिनी मानिनेछ ।’ नेशनलिस्ट कंग्रेस पार्टी (एनसीपी) लगातार क्रुज ड्रग्स प्रकरणमा बीजेपी र नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) माथि निशाना साँधिरहेको छ ।

    यस्तो छ शाहरुख खानका छोराको जीवनशैली
    शाहरुख खानका छोरा आर्यन चर्चामा छन् । यद्यपि, क्यामरा उनको वरिपरि घुमेको यो पहिलो घटना होइन । यसअघि पनि जब आर्यन सार्वजनिक स्थानमा देखिन्छन्, क्यामरामा कैद हुनबाट जोगिन सक्दैनन् ।

    तर यसपटक भने उनी नारकोटिक्स कन्ट्रोल ब्यूरोको नियन्त्रणमा छन् । त्यसैले पनि उनी यसपटक विशेष चर्चामा छन् । यहाँ हामी तपाईंलाई उनको जीवनसँग सम्बन्धित केही विशेष जानकारी दिँदैछौं ।

    आर्यनको पढाईः
    २३ वर्षका आर्यनले लण्डनको सेभेन अक्स स्कूलबाट १२ कक्षाबाट पास गरेका छन् । यसअघि उनी मुम्बईको धीरुभाइ अम्बानी स्कूलमा पढिरहेका थिए । मे सन् २०२१ मा आर्यनको ग्रेजुएशनको फोटो भाइरल भएको थियो । फोटोमा उनले आफ्नो ग्रेजुएशन गाउनमा सर्टिफिकेट समातिरहेको देखिएका थिए ।

    आर्यनले सन् २०२० मा युनिभर्सिटी अफ सनर्दन क्यालिफोर्नियाबाट ब्याचलर अफ फाइन आर्टस्, सिनेमेटिक आर्टस्, फिल्म एण्ड टेलिभिजन प्रोडक्सन, स्कूल अफ सिनेमेटिक आर्टस्को डिग्री हासिल गरेका छन् ।

    लायन किङमा पितासँग काम गरेः
    शाहरुख खानले आफ्नो छोरासँग पहिलो पटक लायन किङको हिन्दी भर्सनमा काम गरेका थिए । वास्तवमा, यो फिल्ममा आर्यनलले जवान सिम्बालाई आफ्नो आवाज दिएका थिए ।

    जबकी शाहरुखले मुससाफालाई आवाज दिएका थिए । आर्यनले बाल्यकालमा ‘कभी खुसी कभी गम’ मा क्यामियो गरेका थिए । बाल्यकालमा नै आर्यनले लाजवाब फिल्मको एनिमेटेड भर्सनमा पनि डबिङ गरेका थिए । शाहरुखले आफ्ना छोरा निकै राम्रो लेखक भएको बताएका थिए । आर्यनको रुझान निर्देशनतर्फ छ । उनी असाध्यै सृजनशील छन् ।

    बाल्यकालमा गरेका थिए युवतीमाथि कुटपिटः
    आर्यन खान जब ९ वर्षका थिए तब एक युवतीसँग उनको झगडा भएको थियो । उनले शाहरुखलाई मोटो भनेकी थिइन् । ती युवतीले सुरुमा त शाहरुखलाई तथानाम भने ।

    उनले ‘कौन बनेगा करोडपति’ मा शाहरुख असाध्यै नराम्रो देखिएको भनेका थिए । आर्यनले उनको यो कुरामा केही पनि भनेनन् तर जब युवतीले ‘तिम्रो पापा मोटो छन्’ भनिन् तब आर्यनले उनलाई खुट्टाले हानिदिए ।

    आर्यन अघि केही बच्चा गुमाइसकेका थिए शाहरुखः
    आर्यन जन्मनुअघि गौरीका केही गर्भपात भएक थिए । जब आर्यन जन्मिए, तबपनि स्थिति निकै मुश्किल थिए । शाहरुखका दुबै सन्तान हुर्किएर अध्ययनका लागि विदेश गए तब उनलाई बच्चाको कमी हुन थाल्यो ।

    एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘पछिल्लो चारपाँच वर्षदेखि बच्चाहरु घर बाहिर बस्न थाले, स्कूल जान थाले । पहिला उनीहरु बाँदरजस्तै टाँस्सिएर बस्दथे र म उनीहरुसँग धेरैभन्दा धेरै समय बिताउन पाउँथे ।’

    ‘अब बच्चाहरु साथीहरुसँग आफ्नो कोठामा बस्न थाले । उनीहरु घरमा छन्–छैनन् भनेर कहिलेकाँही त थाहा नै हुँदैन । बच्चासँग बिताएको समय हामीलाई याद आउन थालेको छ ।

    आर्यन पढ्नका लागि लण्डन गए र छोरी पनि विदेशमा छिन् । हामी खुल्ला विचारका अभिभावक हौं । बच्चाहरुले जे चाहन्छन्, त्यो गर्न सक्छन् । तर हामी बच्चालाई मिस गर्न थालेका थियौं ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ