• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    भारतलाई चीनको झट्का, सीमा सुरक्षाका लागि ल्यायो यस्तो नयाँ कानुन, नेपाललाई फाइदा कि घाटा ?

    1.6K
    SHARES


    काठमाडाै‌ । चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको छ । भारतसँग जारी सीमा विवाद लगायतका समस्याबीच नयाँ कानून पारित गरिएको हो ।

    चीनको आधुनिक इतिहासमै पहिलो पटक पारित गरिएको नयाँ कानूनमा १४ मुलुकसँग जोडिएको २२ हजार एक सय किलोमिटर लामो सीमा रक्षा गर्ने विषय उल्लेख छ ।

    शनिबार पारित गरिएको स्थल सीमानासम्बन्धी कानून जनवरीदेखि लागू हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

    भारतसँगको जारी सीमा विवाद, तालिबान नियन्त्रित अफगानिस्तानसँग जोडिएको आफ्नो सीमामा हुन सक्ने असुरक्षा र दक्षिण-पूर्वी एसियाली राष्‍ट्रबाट कोभिड भित्रिइरहेको अवस्थामा सीमा सुरक्षासम्बन्धी नयाँ सुरक्षा पारित गरिएको हो ।

    नयाँ कानूनअनुसार चीनको जनमुक्ति सेनाले आफ्नो सीमामा हुने आक्रमण, अतिक्रमण, घुसपैठ र उक्साहटपूर्ण व्यवहार रोक्ने जिम्मेवारी पाएको छ । त्यस्तै बेइजिङले उचित ठानेमा अन्य मुलुकसँगका नाका बन्द गर्न सक्ने कार्यढाँचाको व्यवस्था पनि नयाँ कानूनमा गरिएको छ ।

    पछिल्लो समय चिनियाँ अधिकारीहरु भारतसँगको सीमा विवादबाट मात्रै चिन्तित छैनन् । सिनजियाङ प्रान्तमा इस्लामिक अतिवादीहरु प्रवेश गरी स्थानीय उइगुर मुस्लिमसँग सम्पर्क राख्न सक्ने कुराले समेत उनीहरु त्रसित देखिन्छन् ।

    त्यस्तै, भियतनाम तथा म्यानमारबाट अवैध तरिकाले आउने आप्रवासीमार्फत् कोभिड-१९ संक्रमण फैलिन थालेपछि चिनियाँ अधिकारी सजग हुन थालेका छन् ।

    नयाँ कानून सन् २०२२ को जनवरी १ देखि लागू हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि कानून बनाएको यो पहिलो पटक हो ।

    चीनको सिमाना नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, उत्तर कोरिया, रुस, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, म्यानमार र भियतनामसँग सीमा जोडिएको छ ।

    यो कानूनलाई तालिबान नियन्त्रित अफगानिस्तानको अवस्था र दक्षिणपूर्वी एसियाबाट कोरोना महामारीलाई सुरक्षित राख्ने कोसिसको रुपमा पनि हेरिएको छ । यद्यपि यो कानून सीमा सुरक्षामा कति प्रभावकारी देखिन्छ भनेर एकिन भइसकेको छैन ।

    तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको अवस्थामाथि चीनले चासो राख्दै आएको छ । अफगान शरणार्थीहरुका साथ शिनजियाङ्ग प्रान्तका विगर मुसलमानसँग सम्बन्ध राख्ने इस्लामी चरमपन्थीहरु सीमा पार गरेर भित्रिन सक्ने आशंका चीनलाई छ ।

    भियतनाम र म्यानमारबाट अवैधरुपमा सीमा पार गर्नेहरुका कारण चीनलाई कोरोना संक्रमणबाट जुध्ने चुनौती पनि छ । चीनको यो नयाँ कानुनले नेपाललाई भने कस्तो असर पर्ला त्यो हेर्न बाँकी नै छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ