• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवाले पूर्व प्रस्थान

    279
    SHARES


    काठमाडाै‌ । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि प्रस्थान गरेका छन् ।​

    प्रधानमन्त्री देउवा आइतबार पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि निस्किएका हुन् ।

    प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षणमा निस्किएको रातोपाटीलाई बताए । विहान ८ बजे पूर्वी लागेका प्रधानमन्त्री देउवा आइतबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

    बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे निरीक्षण गरेका थिए ।

    बाढी-पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि सरकारले पीडितलाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्ने तयारी गरिरहेको छ ।

    गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ