• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एकीकृत समाजवादीको भवन कब्जा गर्ने एमालेको प्रयास असफल

    1K
    SHARES


    काठमाडाै‌ । नेकपा एकीकृत समाजवादी समर्थित नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने नेकपा एमाले पर्साका नेताहरुको प्रयास असफल भएको छ ।

    एमाले निकट कर्मचारीहरुले वीरगञ्जस्थित निजामति कर्मचारी संगठनको भवन योजनाबद्ध ढंगले कब्जा गर्न शनिबार पुगेका थिए ।

    संगठनको भवन कब्जा गर्ने योजना बारे कर्मचारी संगठनका नेताहरुलाई थाहा पाएलगत्तै प्रतिकारमा उत्रिएपछि उनीहरुको प्रयास असफल भएको हो ।

    एमाले विभाजन भएपछि पर्सामा निजामती कर्मचारीहरु माधव नेपाललाई समर्थन गर्दै सोही पार्टीको समर्थित संगठन भएपछि एमाले पक्षका कर्मचारीहरुले सो कार्यालयको भवन कब्जा गर्न खोजेको थियो ।

    नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरुले आफ्नो भवनमा कार्यक्रम गर्न नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंजको घण्टाघर स्थित रोयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।

    सो संगठनलाई फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका सह संयोजक लेखनाथ कोइराला, गौतम पोखरेल समेत पर्साको वीरगञ्ज पुगेका थिए ।

    संगठनको भवन कब्जा गर्न र संगठन फुटाउने प्रयासमा एमाले पर्साका अध्यक्ष प्रभु हाजरा, प्रदेश सदस्य बसरुद्धिन अन्सारी, प्रधुमन चौहान, बीरगंज महानगर सचिव सुन्दर कुर्मीको लगायतका नेताहरु समेत लागि परेको नेकपा एकीकृत समाजवादी पर्साले आरोप लगाएका छन् ।

    संगठनको भवन एक बर्ष अघि नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतको सक्रियतामा भवन निर्माण गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया