• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    ६ हजार ९ सय ३१ लाई कोरोना परीक्षण गर्दा ५१३ लाई संक्रमण

    0.9K
    SHARES


    काठमाडाै‌ । नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शनिबार पाँच सय १३ जना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।

    ८१७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ। त्यस्तै, काठमाडौं उपत्यकामा २१३ थपिएका छन्। जसमध्ये काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ