• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुर्खेतमा शक्तिशाली बम बिस्फोट, दुइ जनाको अवस्था गम्भीर

    295
    SHARES


    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा शक्तिशाली ब’म बिस्फोट भएको छ । ब’म पड्केर दुई जना गम्भीर घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे ब’म विस्फोट भएको हो ।

    विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका भाई नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

    घर्तीले  भने- “ब’म कसैले हालसालै राखेको हो वा युद्धकालको हो भन्नेबारे केही खुलेको छैन । जनयु’द्धकालमा माओवादीले लुकाएर राखेको पनि हुनसक्छ ।” यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डीएसपी घर्तीले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ