• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको अमेरिकी सेनाको दाबी

    1K
    SHARES


    काठमाडौँ । अमेरिकी सेनाले उत्तर-पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल-मातार ड्रोन ह’म’लामा मारिएको बताएका छन्।

    रिग्सबीले भने अल-मतरको ह’त्याले अल-कायदाको “अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुर्याउने छ।” उनले भने कि अल कायदाले “सिरियाको हवाला दिदै सिरिया, इराक र अन्य क्षेत्रमा पनि धम्की को लागि एक आधारको रूपमा प्रस्तुत गर्ने गर्दछ।”

    उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरीएको समन्वित आक्रमणमा परेको दुई दिन पछि भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन्।

    यस्तै चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । बाइडेनको उक्त अभिव्यक्तिको जवाफ दिदैं चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका विषयमा बोल्दा अमेरिकाले शब्द चयनमा सतर्कता अपनाउनुपर्ने बताए ।

    उनले ताइवानका विभाजनकारीलाई गलत संकेत दिन नहुने बताए । यस्तो अवस्था निर्माण भएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने बताए । ‘ताइवान चीनको अविवादित अंग हो । ताइवानको मुद्दा पुरै रुपमा चीनको आन्तरिक मामिला हो र यसमा कुनै पनि विदेशी दखलका लागि अनुमति छैन,’ नियमित प्रेस बिफ्रिङका क्रममा उनले भने ।

    बाइडेनले के भनेका थिए ?
    अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपतिलाई के तपाईहरु ताइवानको रक्षा गर्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा बाइडेनले भने, ‘हो, हामी यसका लागि प्रतिवद्ध छौं ।’

    भर्खरै चीनले परीक्षण गरेको हाइपसोनिक मिसाइलको प्रसङ्ग जोड्दै अमेरिकी न्युज च्यानल सीएनएनको टाउनहल कार्यक्रममा एक सहभागीले बाइडेनलाई चिनियाँ सेनाको सामना कसरी गर्नुहुन्छ भनेर पनि सोधेका थिए । जवाफमा बाइडेनले भने, ‘हो, उनीहरु मजबुत हुँदैछन् । तर यसैलाई लिएर निराश हुनुपर्ने अवस्था छैन । किनकी, चीन, रुस र बाँकी दुनियाँलाई विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हामीसँग छ भन्ने थाहा छ ।’

    ताइवानले के भन्यो ?
    ताइवानको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै कसैको दबाबमा नझुक्ने र कसैको समर्थन मिल्दैमा हतारोमा कुनै कदम नचाल्ने प्रतिक्रिया दिएको छ । ताइवानका राष्ट्रपतिका प्रवक्ता जेवियर चेंगले भने, ‘ताइवानले बलियो रुपमा आत्मरक्षा गर्नेछ ।’ बाइडेन प्रशासनले लगातार ताइवानलाई ठोस समर्थन दिइरहेको चेंगले बताए ।

    सधैंको जटिल सम्बन्ध
    चीन र ताइवानबीच दशकौंदेखि तनाव छ । १९४० को दशकमा भएको गृहयुद्धका दौरान चीनबाट ताइवान अलग भएको थियो । ताइवानले आफुलाई स्वतन्त्र देश मान्ने गरेपनि चीनले यसलाई आफ्नो स्वायत्त प्रान्तका रुपमा हेर्छ । उसले आवश्यकता परेका बेला बल प्रयोग गरेर यस प्रान्तलाई नियन्त्रण लिन सकिने जनाएको छ ।

    ताइवानको आफ्नै संविधान, लोकतान्त्रिक रुपले चुनिएका नेता र झन्डै तीन लाख सक्रिय सैनिक छन् । ताइवानलाई केही देशले मात्रै मान्यता दिएका छन् । अमेरिकाले पनि ताइवानसँग आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध राख्दैन । तर, ताइवान रिलेसक्स एक्टअन्तर्गत उसले हतियार बेच्छ । अमेरिकाले ताइवानको आत्मरक्षाका लागि आवश्यक सहयोग दिने विषय यस एक्टमा उल्लेख छ ।

    बिग्रँदो सम्बन्ध
    पछिल्लो समय चीन र ताइवानबीच एकपटक फेरि गहिरो तनाव देखिएको छ । लगातार ताइवानको हवाई क्षेत्रमा हस्तक्षेप गरेपछि चिनियाँ नेताहरुले ताइवानलाई एकिकरण गर्ने बताएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको एकिकरण पूरा हुनुपर्ने बताएका थिए ।

    सीले एकिकरण शान्तिपूर्ण रुपमा हुनुपर्ने बताउँदै आएका छन् । चिनियाँ जनतामा विभाजनकारी तत्वको विरोध गर्ने एक ‘महान् परम्परा’ रहिआएको उनले बताएका थिए । जवाफमा ताइवानले आफ्नो भविष्यमा आफ्ना जनताको हातमा रहेको प्रतिक्रिया दिएको थियो ।

    ताइवानका राष्ट्रपति साई इंग वेनले ताइवानले आफ्नो सुरक्षा बलियो बनाउने बताएका थिए । चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिएमा यसको परिणाम विनाशकारी हुने उनले बताएका थिए । चिनियाँ जनमुक्ति सेनाले अक्टुबर महिनाको पहिलो चार दिन झन्डै १ सय ५० वटा लडाकु विमान ताइवानको हवाई क्षेत्रमा पठाएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ