• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भीम रावलद्वारा राजीनामाको घोषणा

    665
    SHARES


    CPN-UML leader Bhim Rawal with media

    काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि बनेको कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । तत्कालीन माधव समूह र ओली समूहबीच १० बुँदे सहमति भएको थियो ।

    सो सहमति भए पनि माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) बनाउँदै एमाले विभाजन गराएका छन् । तर, उनलाई साथ दिँदै आएका भीम रावलहरु भने एमालेमै बसेकाथिए ।

    रावलले १० बुँदे अक्षरंश कार्यान्वयन हुनुपर्ने बताउँदै आएका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले रावलकै संयोजकत्वमा कार्यदल बनाएका थिए । तर, रावलकै हकमा १० बुँदे कार्यान्वयन नभएपछि असन्तुष्ट भएका उनले शुक्रबार राजीनामा दिने घोषणा गरेका हुन् ।

    त्यस्तै यता पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यंग्यका पात्र बनेका छन् ।

    ओलीको यो भनाइ आएपछि अर्का पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराईले गिनिज बुकमा लेखाउन लायक ओलीले गरेका कामको सूची तयार पारेका छन् । उनले ट्वीट गर्दै सूची सार्वजनिक गरेका छन् ।

    उनले दुई पटक संसद् विघटन, दुई तिहाइको सरकार ढल्नु, ६ वटा प्रदेशमा सरकार नेतृत्व गरेको पार्टी अहिले सडकमा पुग्नुलाई गिनिज बुकमा रेडर्क राख्न लायक काम भन्दै व्यंग्य गरेका छन् ।

    उनले लेखेका छन्, ‘ओलीको गिनिज बुक रेकर्ड= १ २/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना २ संघमा २/३ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा, ३ सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी, ४ मुखमा कम्युनिष्ट मनमा ठोरीवाला रामस, ५ हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना !’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ