• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागियो

    2.3K
    SHARES


    काठमाडौँ । पूर्व न्यायाधीश फोरमले नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । विज्ञप्ति जारी गर्दै फोरम नेपालले प्रधानन्यायाधीश राणाको कार्यशैली, व्यवहार र आचरणमाथि गम्भीर प्रश्न उठाउँदै राणालाई मार्ग प्रशस्त गर्न भनेको छ ।

    पूर्व प्रधानन्यायाधीश फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’

    सरकारसँग भागबण्डा खोज्नु, सर्वोच्चमा तोकिने पेसी सूची निर्धारणमा गर्दा व्यापक मनोमानी हुनु, गुनासोको सुनुवाइ नहुनु लगायतमा प्रश्न उठाउँदै फोरमले प्रधानन्यायाधीश राणाप्रति प्रश्न उठाएको छ ।

    ‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्दछ । र, यो वाञ्छनीय र अनिवार्य पनि देखिएको छ’, १५ बुँदामा जारी विज्ञप्तिमा भनिएको छ ।

    एमसिसी पास हुन्छ: प्रधानमन्त्री
    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए।

    ‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यो ठूलो अनुदान हो, ऋण होइन।’ उनले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताए। एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि उनको भनाइ थियो। नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने उनले बताए।

    ‘यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने। ‘अर्ली इलेक्सन’ बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेकोले गठबन्धनमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने बताएका छन्।

    साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन प्रक्रिया अगाडि बढिरहेको पनि बताए। महाधिवेशन सर्नेबारे सोधिएको प्रश्नमा देउवाले यसबारे आफूलाई भन्दा निर्वाचन समितिलाई थाहा हुने जवाफ दिएका छन्।

    प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताए। तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने प्रधानमन्त्री देउवाको भनाइ थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ