• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राजधानीमा सेनालाई लक्षित गरि शक्तिशाली ब’म वि’स्फोट, सेना भन्छ- ठुलो मानवीय क्षति भयो

    1.4K
    SHARES


    काठमाडौँ । राजधानीमा सेनालाई लक्षित गरि शक्तिशाली ब’म वि’स्फोट भएको छ । बिहान सिरियाको राजधानी दमिश्कमा एक फौजी बसलाई निशाना बनाएर गरिएको बि’स्फोटमा थुप्रैजना मारिएका छन् ।

    यो खबर सिरियाको सरकारी मिडियाले जारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटमा कम्तीमा १३ जना मारिएका छन् ।सिरियाको सरकारी समाचार एजेन्सी ‘सना’ ले दिएको जानकारी अनुसार जिसर अल–रईस पुलमा बसलाई दुई बिस्फोटक उपकरणमार्फत् एक ‘आतंकवादी’ हमलाको निशाना बनाइएको छ ।

    रिपोर्टमा बताइए अनुसार सेनाले घटनास्थलमा भेटिएको अर्को बिस्फोटक उपकरणलाई नष्ट पारिएको छ । सेनाको वेबसाइटमा पोस्ट गरिएको एउटा भिडियोमा कथित रुपमा हमलापछि जलेको बस देखिएको छ । रुसको सरकारी समाचार एजेन्सी स्पुतनिकको वेबसाइटले बसमा सवार १४ सैनिक मारिएको जानकारी दिएको छ ।

    संयुक्त राष्ट्रका अनुसार सिरियाको गृहयुद्धमा पछिल्लो १० वर्षमा कम्तीमा ३५०,००० जना मारिएका छन् । राजधानी दमिश्कमा बिस्फोट कमै हुन्छन् किनभने यहाँ राष्ट्रपति बशर अल–असदको सेनाको पूर्ण नियन्त्रण छ ।

    हैटीको ४०० माओजो ग्याङका नेता विल्सन जोसेफले बन्धक बनाइएका १७ जना अमेरिकीहरुलाई मार्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभएर बन्धकहरूलाई ह’त्या गर्ने चेतावनी दिएका हुन् ।

    अमेरिकाको ओहियोस्थित क्रिष्ट्रियन एड मिनिस्ट्रीज नामक मिसनरी संस्थाले यी व्यक्तिहरुलाई हैटी पठाएको थियो । आफ्ना सदस्यहरु पक्राउ परेपछि यस संस्थाले एक दिन व्रत बस्न र रिहाइका लागि यशुको प्रार्थना गर्न बिहीबार आग्रह गरेको छ ।

    ‘यदि मैले मागेको कुरा पाइँन भने म यी अमेरिकीहरुको टाउकोमा गोली हान्नेछु,’ जोसेफले भिडियोमा भनेका छन् । अघिल्लो हप्ता हैटीका अधिकारीहरुले यो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर फिरौती मागेको जनाएको थियो ।

    हैटीमा पछिल्लो समय सुरक्षा व्यवस्था निकै खराब छ । क्रिष्ट्रियन मिसनरीहरु अपहरणमा परेको केही समयपछि १८ अक्टोबरमा सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने माग गर्दै हैटीका कामदारहरूले आम हड्ताल सुरु गरेका थिए । बिहीबार लगातार पाँचौ राजधानी पोर्ट एयु प्रिन्समा प्रदर्शन भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ