• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    तालिबानले यी महिला राष्ट्रिय भलिबल खेलाडीको शिर का’टे

    1K
    SHARES


    तालिबान सत्तामा आए महिला अधिकार खोसिन्छ भनेर सुरुवातदेखि नै अनेकौं टिप्पणीहरु भइरहेका थिए। अफगानिस्तानमा तालिबान सत्तामा आएको दुई महिनाभन्दा बढी बितिसकेको छ र पहिलेजस्तै तालिबानको शासनमा महिलाहरु सुरक्षित छैनन्।

    तालिबानले महिलालाई शिक्षा, अधिकार, रोजगार केहीमा ठाउँ दिएका छैनन्। यहाँसम्म कि महिलालाई कुनै खेल, संगीतमा सहभागी नहुन भनिएको छ।

    टाइम्स अफ इन्डियाका अनुसार हालै मात्र तालिबानले अफगानिस्तानको महिला राष्ट्रिय भलिबल खेलाडीको ह’त्या गरेका छन्। खबरअनुसार मजुबिन हाकिमी नाम गरेकी राष्ट्रिय खेलाडीको टाउको का’टेर ह’त्या भएको छ।

    पर्सियन इन्डिपिन्डेन्टसँगको कुराकानीमा सौर्या अफजली जो पनि खेलाडी हुन् उनले हाकिमीको तालिबानले ह’त्या गरेको बताएकी हुन्। यसै अक्टोबर महिनाको सुरुवातमा उनको ह’त्या भएको बताइएको छ।

    त्यस्तै अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् ।

    अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ ।

    “पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।

    पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरू समेत बरामद गरिएको उनको भनाई छ । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ ।

    यस्तै हैटीको ४०० माओजो ग्याङका नेता विल्सन जोसेफले बन्धक बनाइएका १७ जना अमेरिकीहरुलाई मा’र्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभएर बन्धकहरूलाई ह’त्या गर्ने चेतावनी दिएका हुन् ।

    अमेरिकाको ओहियोस्थित क्रिष्ट्रियन एड मिनिस्ट्रीज नामक मिसनरी संस्थाले यी व्यक्तिहरुलाई हैटी पठाएको थियो । आफ्ना सदस्यहरु पक्राउ परेपछि यस संस्थाले एक दिन व्रत बस्न र रिहाइका लागि यशुको प्रार्थना गर्न बिहीबार आग्रह गरेको छ ।

    यदि मैले मागेको कुरा पाइँन भने म यी अमेरिकीहरुको टाउकोमा गोली हान्नेछु,’ जोसेफले भिडियोमा भनेका छन् । अघिल्लो हप्ता हैटीका अधिकारीहरुले यो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर फिरौती मागेको जनाएको थियो ।

    हैटीमा पछिल्लो समय सुरक्षा व्यवस्था निकै खराब छ । क्रिष्ट्रियन मिसनरीहरु अपहरणमा परेको केही समयपछि १८ अक्टोबरमा सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने माग गर्दै हैटीका कामदारहरूले आम हड्ताल सुरु गरेका थिए । बिहीबार लगातार पाँचौ राजधानी पोर्ट एयु प्रिन्समा प्रदर्शन भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ