• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    खुल्यो सामलिङ्गको आईपीओ, कति दिने आवेदन

    843
    SHARES


    काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

    कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    न्यूनतम १० कित्ता तथा अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। सर्वसाधारणले ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् ।

    यस कम्पनीकोआईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    त्यस्तै न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।

    न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । आईपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

    यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । त्यस्तै, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली हुनेछ ।

    कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ