• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री देउवासहितको टोली बाढीपहिरोको निरीक्षणमा

    576
    SHARES


    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा गएको छ ।प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी छन् ।

    टोली आज विहान काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको हो । सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भमा प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् ।

    प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलमा बिफ्रिङ तथा अवलोकन गरेर प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ ।

    त्यस क्रममा देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । प्रधानमन्त्रीको टोली धनगढीमा बास बस्ने छ । देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया