• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सन् २०२२ मा पनि कोरोना महामारी कायमै रहने डब्लूएचओको प्रक्षेपण

    1.1K
    SHARES


    काठमाडौँ । कोरोना संक्रमणदर विश्वका अधिकांस राष्ट्रहरुमा घट्दै गइरहेका बेला यता विश्व स्वास्थ्य संगठन डब्लूएचओको अर्को कडा चेतावनीले विश्वभर नयाँ त्रास पैदा गरिदिएको छ ।

    डब्लूएचओ कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य प्रक्षेपण गरेको छ। गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो।

    डब्लुएचओका वरिष्ठ नेता डा. ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताएका हुन् ।

    विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्विकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने उनको भनाई छ।

    रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैन्। अविश्वासका कारण खोप नलाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ। बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृत्यु भएको थियो।

    त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशत भन्दा थोरैले खोप लगाएका छन्। जबकी अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन्। विकसित देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन्।

    खोप नलाउनेलाई विभिन्न सेवामा प्रतिबन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ। त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंमले खोप लगाउन मानिरहेका छैनन्।

    ब्राजिलमा कोभिड संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला उनले कोभिडलाई सामान्य रुपमा टिप्पणी गर्दै आएका छन्।

    यसैबीच, बेलायतले बिभिन्न देशलाई १ करोडभन्दा बढी डोज खोप दिएको छ । उसले १० करोड खोप वितरण गर्ने जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ