• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    माधव नेपाललाई एकाविहानै आयो झट्का लाग्ने खबर, नेता कार्यकर्ता निराश

    871
    SHARES


    काठमाडाै‌ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकाविहानै झट्का लागेकाे छ । पार्टीका तीन जना केन्द्रीय सदस्य एमालेमै फर्किएपछि नेपाललाई झट्का लागेको हाे ।

    माधवले केन्द्रीय सदस्य बनाएर जिम्मेवारीसमेत दिएका रामेछापका झम्क कँडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसी एमालेमै फर्किएका हुन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीले बिस्तारित ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन गरेको थियो ।

    एमाले बागमति प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार तीनैजना नेता बुधबार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए ।

    तीनै जना नेता माधवको केन्द्रीय सदस्य भन्दा एमालेको प्रदेश सदस्य नै राम्रो भन्दै एमालेमै फकिएका हुन् । उनीहरु एमालेको प्रदेश कमिटी सदस्यमा थिए । माधवले जिम्मेवारी दिएको पाँच दिनमै तीनै जना नेता नेकपा एसको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय भएको पोखरेलले बताए ।

    नेकपा एसले कँडेललाई रामेछाप जिल्लाको सहइञ्चार्ज बनाएको थियो । महर्जनलाई नेकपा एसले केन्द्रीय सदस्य बनाएर ललितपुर महानगर इन्चार्जको जिम्मेवारी दिएको थियो भने केसी केन्द्रीय सल्लाहल्कारको जिम्मेवारीमा भिए ।

    महर्जन वि सं २०४९ र ०५४ को निर्वाचनमा ललितपुर महानगर वडा नं ८ को वडाध्यक्षमा समेत निर्वाचित भएका थिए भने एमाले र माओवादी पार्टी एकीकरण भएर नेकपा बन्नुपूर्व साविक एमालेको ललितपुर २ नं क्षेत्रीय अध्यक्ष (दुई कार्यकाल) तथा जिल्ला कमिटि सदस्य रही काम गरेका थिए ।

    यसैगरी साविक एमालेमा राष्ट्रिय परिषद सदस्य रहेका लेलेका मिठाराम केसी २०५४ सालको स्थानीय निर्वाचनमा साविक लेले गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

    यसअघि सुरुमा नेकपा यसलाई समर्थन गरेका र समानातर कमिटीमा लागेका समानान्तर कमिटीमा रहेका साविक पार्टी उपाध्यक्ष कृष्णमान लामा, उपसचिव तारा सञ्जेल, प्रदेश कमिटि सदस्यहरु चिरन्जीवी आचार्य, प्रेमभक्त महर्जन, पार्टीनिकट यातायात मजदुर संगठनका महासचिव नवराज घिमिरे लगायतका नेताहरु समेत एमालेमै फर्किएकाल छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया