• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    ४ जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

    784
    SHARES


    चार जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि मुसलमान पक्राउ परेका छन् । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

    कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा डेरामा बस्दै आएका थिए । उनलाई कार्तिक १ गते डेराबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    मुसलमानको कोठाबाट ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बरसहितको कागजात १३ थान र २ थान बस्ती विकासको सहयोग रसिद बरामद गरिएको छ ।

    मुसलमानमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्धा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया