• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित

    336
    SHARES


    काठमाडाै‌ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को संसदीय नेटवर्कको बोर्ड सदस्यको रूपमा निर्वाचित भएका छन्।

    बुधबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आफू उक्त पदमा निर्वाचित भएको जानकारी गराएका हुन्। उनले अब दुई वर्षका लागि बोर्ड सदस्यरूपमा काम गर्नेछन्।

    उक्त सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन्। उनले ती सदस्यसँग अब दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्ने बताएका छन् र आफू उत्साहित समेत रहेको उनले बताए।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपद्‍मा परेका नागरिकलाई सरकार भएको आभाष दिने गरी काम गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । यता पौडेलले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सामाजिक सञ्जालमार्फत् आग्रह गर्दै आम नागरिकलाई सरकार छ भन्ने आभाष दिनुपर्ने बताए ।

    ‘अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढी-पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ,’ पौडेलले भनेका छन्, ‘ठूलो मानवीय र भौतिक क्षति भएको छ, सरकारले आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्वार र राहतका लागि केन्द्रित गरोस् ।’

    उनले सिंगै अन्नभण्डारका रुपमा रहेको तराईका किसानको धानवाली नष्ट भएकोमा चिन्ता व्यक्त गर्दै किसानहरुलाईसमेत राहत दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले भने उद्वार र राहतका लागि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‍लाई बुधबार निर्देशन दिइसकेका छन् ।

    यसअघि मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि डुबानबाट प्रभावित बनेका किसानहरुलाई राहत प्याकेज दिनुपर्ने भन्दै सरकारसमक्ष आग्रह गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया