• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो

    1.2K
    SHARES


    काठमाडौँ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख नाघेको छ । यस्तै परीक्षण संख्या आधा करोड नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले बुधबारको प्रेस ब्रिफिङमा हालसम्म एन्टिजेन र पीसीआर दुबै विधिबाट ४९ लाख ८० हजार १२३ जनामा कोरोना परीक्षण भएको जानकारी दिएको छ ।

    मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले सो संख्यामा परीक्षण गर्दा कुल संक्रमित ९ लाख ७ सय ४८ पुगेको जानकारी दिए । उनका अनुसार हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ हजार ६ सय ९६ जना संक्रमित भएका छन् ।

    त्यसमध्ये ७ लाख ८४ हजार १५५ जना निको भइसकेको पौडेलले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ३१८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिए ।

    यसैगरी पछिल्लो २४ घण्टामा देशभर ६६२ जना नयाँ संक्रमित पुष्टि भएका छन् । ८ हजार ४२६ जनामा भएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै २४ घण्टामा निको हुनेको संख्या ७५८ जना रहेको छ भने मृतक १३ जना रहेका छन् । हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया