• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अदालतले दिएन शाहरुखका छोरा आर्यनलाई जमानत

    388
    SHARES


    मुम्बई । क्रु’ज ड्रग्स पार्टीमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदनलाई अदालतले पुनः अस्वीकार गरेको छ । सेसन्स कोर्टले पछिल्लो पटक उनको निवेदनलाई अस्वीकार गर्दै दुवै पक्षको बहस सुन्दै फैसला सुरक्षित राखेको थियो ।

    आर्यनसहित अन्य दुईले अदालत समक्ष दिएको निवेदनलाई अदालतले बुधबार सुनुवाई गर्ने बताएको थियो । तर अदालतले बुधबार पनि आर्यनसहित दुई व्यक्ति अरबाज मर्चेन्ट र मुनमुन धामेचाको जमानत निवेदन खारेज गरिदिएको छ ।

    अदालतको यो निर्णयसँगै अब आर्यनको रिहाईका लागि शाहरुखका वकिल अमित देसाईले बम्बई हाई कोर्टमा पुनरावलोकनका लागि आग्रह गर्नेछन् । त्यो समयसम्म आर्यन मुम्बईको आर्थर रोडमै बस्नेछन् ।

    अदालतले आर्यनको विषयमा निर्णय लिइरहँदा अदालत बाहिर उनका फ्यानहरुले उनको रिहाईको माग गरिरहेका थिए । आर्यन कैयौं दिनदेखि मुम्बईको आर्थर रोड जेलमा नै छन् ।

    आर्यन पक्राउ परेका अन्य सातजनासँगै जेलमा छन् । उनलाई केही दिन अघि स्पेशल ब्यारेकमा सारिएको थियो । जहाँ उनलाई कडा सुरक्षा व्यवस्था गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया