• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News Highlights समाचार

    हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको मृत्यु

    1.3K
    SHARES


    काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ७० वर्षीय धनवीरे शाहीसहित ६ जनाको मृत्यु भएको हुम्लाका डिएसपी हेरम्ब शर्माले रातोपाटीलाई बताए ।

    मृत्यु हुनेमा ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही छन् । पहिरो हटाएर उनीहरुको शव निकालिएको छ ।

    अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए ।

    फाकथोक थुङ गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ बस्ने ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवालको मृत्यु भएको छ ।

    सुर्यदय नपा–३ नेलबोटे बस्ने ४९ वर्षीय नारायाणदेवी मोते, वडा नम्बर–३ बस्ने ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ । देउमाई नगरपालिका–२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्यको मृत्यु भएको एसपी श्रेष्ठले बताए ।

    पहिरोमा पुरिएर मान्सेवुङ गाउँपालिका–६ बस्ने २५ वर्षीया कविता राई र हरि प्रसाद राईको मृत्यु भएको छ । माई नगरपालिका–३ घर भएका तेजमान राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ७ जना पुरुष छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया