• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अनलाईन कक्षा पढ्दै गरिरहेका विद्यार्थीको मोबाइल पड्कियो, जलेर मृत्यु

    505
    SHARES


    हनोई । अनलाईन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोवाईल फोन बिस्फोट हुँदा मृत्यु भएको छ। नेग्ही प्रान्तमा घरबाट अनलाईन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो।

    उनले मोवाईल चार्ज गरेका कक्षा लिएका थिए। बि’स्फोटलगत्तै बालकको शरीररमा आगो लागेको थियो। जलेर गम्भिर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

    प्रहरीले पड्किएको मोवाईल र चार्जर जाँच गर्ने भएको छ। मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए। कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाईनबाट हुन थालेको छ।

    यस्तै सिरियामा सैनिक बसमाथि आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। राजधानी दमास्कसमा सैनिक बसमाथि आक्रमण हुँदा उनीहरूको मृत्यु भएको हो।

    साना न्युज एजेन्सीका अनुसार बुधबार बिहान दमास्कसको जिसर-अल रइस पुलमुनिबाट जाँदै गर्दा आ’तं’ककारी ह’मला भएको थियो।आक्रमणमा ज्यान गुमाउने सबै सैनिक अधिकारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ। तीन जना घाइते भएका छन्।

    बम बिस्फोट भएको ठाउँको भिडिओसमेत बाहिरिएको थियो। जसमा बस जलिरहेको देखिन्छ। बसमा दुई वटा बम बि’स्फोट भएको थियो। घटनास्थलमा फेला परेको अर्को बम निष्क्रिय पारिएको थियो।

    संयुक्त राष्ट्र संघका अनुसार दशक अघिदेखि सुरू भएको गृहयुद्धमा कम्तीमा पनि तीन लाख ५० हजार मानिस मारिइसकेका छन्। सिरियामा लामो समयदेखि गृहयुद्ध जारी छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ