• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    मौसममा आएको खराबीका कारण २१ जना सवार विमान दुर्घटना, यस्तो छ क्षतिको विवरण

    881
    SHARES


    काठमाडाै‌ । अमेरिकाको टेक्ससमा एक विमान दुर्घटनामा परेको छ। सिएनएनका अनुसार हस्टन बाहिर म्याकडोनल डगलस एमडी–८७ विमान दुर्घटनामा परेको हो।

    मंगलबार बिहान भएको उक्त दुर्घटनामा सवार सबै यात्रु र चालक दल भने सकुशल छन्। दुई जनालाई सामान्य चोटपटक लागेको अधिकारीहरूले बताएका छन्। विमानमा चालक दलका तीन सदस्य र १८ यात्रुसहित २१ जना सवार थिए।

    विमानले दुर्घटना हुनुअघि रनवेमा पाँच सय फिट यात्रा गरेको थियो। हस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगो लागेको हो। अग्नी नियन्त्रकहरूले आगो नियन्त्रणमा लिनु अगावै यात्रु र चालक दललाई विमानबाट सुरक्षित उद्दार गरेको थियो।

    मौसम आएको खराबीका कारण विमान दूर्घटनमा परको बुझिएको छ । यसैबीच यता भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।

    बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन् ।

    पर्यटकहरुको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखन्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तन र जथाभावी निर्माण भएका संरचनासँग जोडेका छन् ।

    बाढीले भारतको दक्षिणी राज्य केरलासमेत प्रभावित छ । केरलामा बाढीबाट २६ जनाको मृत्यु भइसकेको छ । दुबै राज्यमा यो वर्ष अत्यधिक वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

    केरलामा यो वर्ष ४५३ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । गत वर्ष १९२ दशमलब ७ मिलिमिटर वर्षा भएको थियो । सामान्यतया अक्टोबरमा ३० मिलिमिटर पानी पर्ने उत्तराखण्डमा पछिल्लो २४ घन्टामा मात्र १२२ दशमलब ४ मिलिमिटर वर्षा भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया