• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News Highlights प्रदेश २

    मुख्यमन्त्री कार्यालय मै पस्यो पानी

    568
    SHARES


    काठमाडौँ । मंगलबार रातिदेखि भएको निरन्तर वर्षा र डुबानले धनुषाको जनजीवन कष्टकर बनेको छ। अविरल वर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर, मधेश भवनसहित जनकपुरधाम उपमहनगरपालिकाको वडा १, ४, ८, ७, १६ का केही घरमा पानी पसेको छ ।

    हवाहुरी र वर्षा सँगै भइरहेकोले जनकपुरधाम-काठमाडौं हवाइ उडान समेत प्रभावित भएको छ । दैनिक १० उडान हुने जनकपुर-काठमाडौं हवाइ सेवा अवरुद्ध भएको छ । मौसम खराब भएपछि सोमबार पनि तीन वटा उडान क्यान्सिल गरेको जनकपुर विमानस्थलका रामजनम साहले बताए ।

    यसैगरि, स्थानीय रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडीको सडक, शिवचोकसहितका सडकको पानीको निकास नहुँदा डुबानमा परेको छ ।

    उपमहानगरपालिकाले डोजर लगाएर जाम भएका नालालाई साफा गरेपछि पानीको घट्दै गएको छ । यसैबीच धनुषा र सिरहाको सिमाना कमला नदी तथा धनुषाका अन्य नदीहरूमा पानी सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    रातिदेखि नै निरन्तर वर्षा भइरहे पनि जिल्लाका नदीहरूमा पानीको सतह अहिलेसम्म नियन्त्रणमै रहेको र कुनै प्रकारका मानवीय तथा भौतिक क्षति नभएको प्रहरी उपरीक्षक प्रकाश राना भाटले बताए ।

    तर कमला नदीको पानी बाहिरियो भने ठुलो जनधनको क्षति हुने सम्भावना रहेकोले उनले बताए । यस विषयमा पहिलादेखि नै सर्तक रहेको र डुबान परेकाहरूलाई उद्धार र राहतको लागि सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताए । हावाहुरीसँगै भइरहेको वर्षाले प्रदेश २ को प्रमुख धानबालीमा क्षति पुगेको छ ।

    वर्षासँगैको हावाहुरीले भित्र्याउने बेला भएको धानबालीलाई नोक्सान गरेको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले बताए । अग्लो क्षेत्रको धान खेतमा खासै प्रभाव नपारे पनि समतल तथा गहिरो जग्गाको खेतको बालीमा नोक्सान भएको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ