• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जोरायल गाउँपालिकाको गैरामा आधा दर्जन परिवार घरबार बिहिन, पहिरोले घर खेत लग्यो

    1.5K
    SHARES


    डोटी । डडेल्धुरा र डोटीको सिमानामा पर्ने जोरायल गाउँपालिका १ गैराका आधा दर्जन परिवार पहिराेले घरबार बिहिन भएका छन् । आइतबारदेखि निरन्तर परेको पानीपछि गएको पहिरोले ति परिवारहरुको घर गोठ नै लागेको छ ।

    बुधबार बिहान संचारकेन्द्रको सम्पर्कमा आएका पहिरो पिडित योगेन्द्र मल्लले आफ्नो २ गोदामसहित घर पहिरोले लागेको बताए । त्यस्तै गणेश क्षत्री र शेर बहादुर मल्लको  घर तथा पसाल, कर्ण बहादुर बोगटीको घर र पसल, एकम छेडलजो खुद्रा पसल र गणेश पातलिको घर र होटेल समेत पहिरोले लागेको छ ।

    त्यस्तै गोपाल खड्काको बारी, ८ वटा बाख्रा र गोठ पहिरोले बगाएको छ भने अम्बिका राइको घर पनि जोखिममा रहेको मल्लले संचारकेन्द्रलाई बताए । पिडित परिवार अहिले स्थानीय बिद्यालयमा बसेका छन् ।

    उनीहरुले राहतका लागि स्थानीय प्रशासन र सरकारसँग माग गरेका छन् । वर्षाले उक्त क्षेत्रको खानेपानी, बिजुली र टेलिफोन सेवा समेत अबरुद्ध बनेको छ । ४ दिनदेखिको निरन्तर वर्षाले सुदुरपस्चिमको जनजीवन अस्तव्यस्त बनेको छ । सुदुरपस्चिमभरि अहिलेसम्म १३ जनाले बाढी र पहिरोका कारण ज्यान गुमाएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया