• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News समाचार सुदुरपश्चिम

    सेती बाढीमा फसेकाहरुको उद्धार नगरी किन फर्कियो सेनाको हेलिकप्टर ?

    1.4K
    SHARES


    काठमाडौँ । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा नगरी नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।

    उद्वारको लागि सुर्खेतबाट हेलिकप्टर मोसम खराबीले बस्न नसकेर फर्किएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार ढुंगाडमा फसेकाहरूको उद्वारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आए पनि मौसम खराबीले बस्न नसकेर फर्किएको छ ।

    सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । टापु जुनसुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् ।

    त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टीमा महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

    मौसममा समस्या हुँदा दुई पटक फर्किएको हेलिकोप्टरले तेस्रो पटक उनीहरूको उद्धार गरेको हो । प्रदेश सरकारको समन्वयमा सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्डको हेलिकोप्टरले उनीहरूको उद्धार गरेको हो ।

    कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टीका एकै परिवारका पाँच जना महाकालीमा पानीको बहाव बढेपछि सोमबार रातिदेखि फसेका थिए । टापुमा फस्नेमा ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्का रहेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया