• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

    844
    SHARES


    काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार फोन वार्ता भएको छ । वार्ताका क्रममा दुई मन्त्रीहरुबीच सीमा समस्या लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्र मन्त्री खड्काले सीमा समस्याका साथै रसुवा र केरुङ नाका सञ्चालनका विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    दुई देशबीच व्यापार, कोरोनाविरुद्धको लडाइँ, चीनबाट फर्केका नेपाली विद्यार्थीको समस्या, आर्थिक विकास, चिनियाँ लगानीका आयोजनालगायतका विषयमा छलफल भएको छ ।

    दुबै मन्त्रीहरुले साझा हितका विषयमा सहयोग आदानप्रदान गर्न सहमत भएकोसमेत परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने घोषणा गरेका छन् ।

    उनले परराष्ट्र मन्त्री खड्कालाई बेइजिङ भ्रमणको निम्तोसमेत दिएका छन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ ।  द्विपक्षीय भ्रमण नभई राष्ट्र संघीय कार्यक्रममा भाग लिन उनी बेलायत जाने निश्चित भएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्कटल्याण्डको ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

    वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा हुनेछ । असार २९ मा प्रधानमन्त्री बनेका देउवाले पहिलो विदेश भ्रमण बेलायतको गर्ने भए पनि यो भ्रमण द्विपक्षीय भ्रमण भने हुनेछैन । नेपालका प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमण भारतमा गर्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया