• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महाकालीमा फसेकाको उद्दार गर्न हेलिकप्टर मगाइयो

    1K
    SHARES


    कञ्चनपुरमा महाकाली नदीको बाढीमा पाँच जना फसेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँच जना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् ।

    महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले उनीहरुको उद्दारका लागि प्रयास भइरहेको बताउँदै पानीको सतह बढी हुँदा समस्या भइरहेको बताए ।

    प्रभावित क्षेत्रमै पुगेकी प्रदेश सरकारी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उनीहरुको उद्दारका लागि हेलिकप्टर मगाइएको बताइन् ।

    सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएकाले बाढीमा फसेकाहरुको सुरक्षित उद्दार गरिने उनले बताइन् । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पुरुषोत्तम कडेल पनि कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

    सुकाएको धान बगायो
    लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ । अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन् ।

    नन्दगाउँ, कस्वा, विनावारी, नौरङ्गा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौँको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए । “केही ठाउँमा दोदा नदीको पानी पसेपछि बग्यो,” उहाँले भन्नुभयो, “केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पु¥यायो । निकै ठूलो क्षति भएको छ । पानी पर्न थालेको ४८ घण्टा बित्न लागेको छ । पूरै खेत र बस्ती जलमग्न छन् । काटेको सबै धान बगेको छ ।”

    नेपाली कांग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाका अनुसार धानबाली पूरै नदीमा बगेको टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प छैन । “निकै ठूलो नोक्सानी भएको छ । किसानले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । नदी गाउँ पस्दा विगतमा डुबानमा पार्ने गरेको थियो । खेतमा लगाएको बाली नै बगाएर लगेको थिएन । यस बर्ष बाली भित्र्याउने तर्खर सुरु हुनै लाग्दा पूरै बग्यो,” उनले भने ।

    स्थानीय लक्ष्मण रानाले दश कट्ठा जग्गामा लगाएको धानबाली पूरै नदीले बताएको बताउनुभयो । काटेर सुकाउन राखेको धानसँगै मुठा बाँधेर राखेको धानसमेत बगेको उनले बताए । “पानी पर्दै गरेकाले खेतमा बग्न बाँकी रहेको धानसमेत थन्क्याउन सकिने अवस्था छैन । घुँडाभन्दा माथि पानी छ,” उनले भने, “कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।” स्थानीय किसानले सरकारसँग धानको क्षतिपूर्ति र तत्काल राहत उपलब्ध गराउन मागसमेत गरेका छन् ।

    दोदा नदीको जलस्तर अहिले ३ दशमलव ५ मिटर रहेको छ । नदीको पानीले चेतावनी तह पार गरेको छ । अझै वर्षा भए नदी गाउँपालिका क्षेत्रका गाउँमा पस्ने खतरासमेत बढेको छ । गाउँपालिकाका होचा ठाउँमा भने नदीको बाढीको पानी पसेको छ । नदीले जग्गा कटानको कार्यसमेत तीव्र रुपमा गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ