• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृहमन्त्री खाण पनि नर्भिक अस्पतालमा

    326
    SHARES


    काठमाडौँ । नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण अस्पतालमा पुगेका छन् ।

    मंगलबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल गएर खाणले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अस्पतालमा वैद्यलाई भेटेर उनले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् ।

    लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचारबारे मन्त्री खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका छन् । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मन्त्री खाणले बताए ।

    त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो राजनीतिक गुरु वैद्य (किरण)लाई अस्पतालमै पुगेर भेटेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान साढे आठ बजे नर्भिक अस्पताल पुगेका थिए ।

    उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

    उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँण वैद्यलाई भेट्न नर्भिक अस्पतालमा पुगेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ