• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

    861
    SHARES


    काठमाडाै‌ । सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भएको छ। खोला तथा नदीहरूमा बाढी आएका छन्। गत शनिबारदेखि नै देशैभर बदली भएको थियो भने हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यका आज पनि हल्का वर्षा भइरहेको छ।

    बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरू तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा देखिएको छ। मंगलबार बिहान देशका अधिकांश भू-भागमा बदली छ। धेरै स्थानहरूमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा भने भारी वर्षा भएको छ।

    प्रदेश नम्बर १ का केही स्थानमा पनि भारी वर्षा भएको छ। देशका उच्चपहाडी भू-भागमा हिमपात भएको छ। आज बागमती प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

    कात्तिकमा पनि बाढी आउने गरी झरी परेपछि किसान भने चिन्तामा छन्। पाकेको धान काट्न पाएका छैनन् भने कतिपय स्थानमा काटेका धान पनि पानीले भिजाइदिएको छ। लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए।

    यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ। दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ। महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ।

    इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको बताए। प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको उनले बताए।

    नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन्। लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ।

    सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ। महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन्।

    आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीको बहाव उच्च भएको छ। महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ