• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय

    889
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । द्विपक्षीय भ्रमण नभई राष्ट्र संघीय कार्यक्रममा भाग लिन उनी बेलायत जाने निश्चित भएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्कटल्याण्डको ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा हुनेछ ।

    असार २९ मा प्रधानमन्त्री बनेका देउवाले पहिलो विदेश भ्रमण बेलायतको गर्ने भए पनि यो भ्रमण द्विपक्षीय भ्रमण भने हुनेछैन । नेपालका प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमण भारतमा गर्दै आएका छन् ।

    यस्तै सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो ।

    खेलाडीहरुलाई ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेता बनेको थियो ।

    नेपालले साफको लिग चरणमा पनि एकमात्र हार भारतसँग बेहोरेको थियो । माल्दिभ्स र श्रीलंकलाई पराजित गरेको नेपालले बंगलादेशसँग भने बराबरी खेलेको थियो । नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।

    बैठकले मोहम्मद जयन्तीका अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै अवुधाबी डायलगको छैटो मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

    विभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं वित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

    मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ