• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    घरमा झुट बोलेर हिँडेकी मोडल नग्न अबास्थामा फेला परिन्, ट्याटुले खोलिदियो बेग्लै पोल

    487
    SHARES


    काठमाडौं । दुबइको एक बाल्कोनीमा तीन दर्जनभन्दा धेरै मोडलहरुले नग्न पोज दिएपछि विवाद भएको छ । उनीहरुलाई जेल वा जरिवाना सजाय हुने बताइँदै गर्दा अहिले भने उनहिरुलाई डिपोर्ट गरिने भएको छ।

    यिनैमध्येकी एक मोडल याना ग्रेबोश्चुकका परिवारले उनी यो फोटोसुटमा भएको कुरा थाहा पाउँदा चकित परे । २७ वर्षकी याना युक्रेनकी हुन् र यो फोटोसुटमा देखिएका ११ मोडल पनि युक्रेनकै हुन् । यी ११ मोडलसहित १ फोटोग्राफरलाई पुलिसले पक्राउ गरेको छ ।

    यानाका भाइ तारसका अनुसार उनको परिवारका कसैलाई पनि याना दुबइ जान लागेको भन्ने अनुमान समेत थिएन । यानाले दुबइमा नग्न फोटोसुट गराएको थाहा पाउँदा आफूसहित पूरै परिवार चकित परेको तारसले बताए ।

    परिवारमा यानाले विदा मनाउन जान लागेको भनेकी थिइन् । यानाको पहिचान उनको ट्याटुको कारण भएको थियो । यानाले इन्स्टाग्राममा पोस्ट गरेका फोटोहरुमा पनि उनको ट्याटु देख्न सकिन्छ । यानासहित अन्य केही मोटलको समेत सामाजिक संजालमार्फत पहिचान खुलेको छ ।

    मेलअनलाइनका अनुसार याना कानुनकी ग्रयाजुएट हुन् । तर, कानुनको क्षेत्रमा काम नपाएपछि उनले रेष्टुरेन्ट र क्याफेमा समेत काम गरेकी थिइन् । विगत एक वर्षदेखि उनले मोडलिङ गरिरहेकी थिइन् ।

    यानाले दुबइबाट कैयौं तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । दुबइमा मोडलहरु रुस, बेलारुस, मोल्दोभा र युक्रेनबाट गएका थिए । रिपोर्टका अनुसार ११ मोडललाई दुबइ पुलिसले सार्वजनिक ठाउँमा अनैतिक आचरण गरेकोमा पक्राउ गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ