• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    वैद्यको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालबाट आयो यस्तो खबर

    719
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्यमा सुधार आएको छ । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि किरणलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

    दम रोग पीडित किरणलाई समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ । आइतबार नै किरणको छातीको परीक्षण गरिएको थियो । समस्या देखिएको भन्दै चिकित्सकहरुले अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने बताएका थिए ।

    चिकित्सकको सल्लाहअनुसार नै किरणलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको थियो । पारिवारिक स्रोतका अनुसार किरणलाई सोमबार विहानबाट स्वास्थ्यमा केही सुधार आएको छ । तर, चिकित्सकको सुझावअनुसार केही दिन अस्पतालमै भर्ना गरेर उपचार गरिने बताइएको छ ।

    त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

    उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।

    वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ