• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नुवाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, यस्तो छ क्षतिको विवरण

    578
    SHARES


    काठमाडाै‌ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा यात्रुबहाक बस दुर्घटना भएको छ। आज भएको दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये १० को अवस्था गम्भीर छ।

    घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको हो।

    उक्त बसको छतमासमेत यात्रु राखिएको थियो। ब्रेक फेल भई बस दुर्घटना भएको अनुमान प्रहरीको छ। उता संखुवासभाका दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ केराबारीमा भएको दुर्घटनामा दुई जना र मादी नगरपालिका

    चिचिला गाउँपालिका ३ केराबारीमा अरुण तेस्रो जलविद्युत आयोजनाको सिमेन्ट बोकेको भारतीय नम्बर प्लेटको गाडी हिजो बेलुकी ८ बजे अनियन्त्रित भइ १ सय ५० मिटर तल खस्दा घाइते भएका तीन जनामध्ये दुई जनाको आज बिहान मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गाडी चालक भारतीय नागरिक ३५ वर्षीय श्याम झा र गाडीमा सवार ४० वर्षीय श्रीनिवास सिंहको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनीहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो । यसैगरी संखुवासभाको मादी नगरपालिका १ तिनजुरेमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    टुटेबाट गुफातर्फ जाँदै गरेको अनटेष्ट ट्याक्टर अनियन्त्रित भइ भिरबाट करिब ३ सय मिटर तल खस्दा तेह्रथुमको लालीगुराँस नगरपालिका १ का ३७ वर्षीय रमेश दाहालको घटनास्थलमै मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया