• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    जम्मु-कश्मीरमा भिडन्त जारी, ९ सैनिकसहित २२ जना मा’रिए

    658
    SHARES


    काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आ’तं’कवादी समूहबीचको मु’ठभेडमा २२ जनाको मृत्यु भएको छ । मा’रिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आ’तंक’वादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ ।

    भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आ’तं’कवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मा’रिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गो’ली हा’ना’हान भयो र थप दुई जवान मारिए ।

    अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।यसबीच कश्मीरको कुलमागमा आइतबार दुई जना गैरकश्मीरी नागरिकको गोली हानेर ह’त्या भएको छ ।

    मारिनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह रहेका छन् । अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे ।

    उनी मारिएको एक घण्टापछि कश्मीरको पुलवामा सगीर अहमद मारिए । उनी काठको मिस्त्री थिए । उनीहरुलाई आतंकवादी समूहले गोली हानेर मारेको दाबी गरिएको छ ।

    त्यसअघि शनिबार पनि दुई जना मजदुरको गोली हानेर हत्या गरिएको थियो । सर्वसाधारण व्यक्तिको हत्यापछि कश्मीरका राजनीतिक दलहरुले आक्रोश व्यक्त गरेका छन् । यो ह’त्यापछि भारतीय सुरक्षा बलले थालेको अपरेशनको क्रममा १३ जना आतंकवादीलाई मारेको दाबी गरिएको छ ।

    आतंकवादी समूह र सेनाबीच मुठभेड जारी रहेको बेला जम्मु–कश्मीरमा देश विरोधी गतिविधिमा सामेल भएको भन्दै सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ ।

    पछिल्लो पटक जम्मु–कश्मीर प्रशासनले अलगाववादी नेता भनेर चिनिने सइद अली शाह गिलानीको नाती अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट बर्खास्त गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ