• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    चीनद्वारा हाइपरसोनिक मिसाइल परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान

    403
    SHARES


    चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । अझ यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

    बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ ।

    चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । बालिस्टिक मिसाइल जस्तै हाइपरसोनिक मिसाइल पनि परमाणु हतियारयुक्त हुन्छन् र यो ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र रफ्तारले उड्न सक्छन् ।

    बालिस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइल तीव्र गतिमा लक्ष्यमा प्रहार गर्न सक्छन् । यति मात्र होइन हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्न र यसबाट बच्न पनि निकै कठिन हुने बताइन्छ ।

    अमेरिकाजस्ता केही देशले बालिस्टिक मिसाइल र क्रूज मिसाइलविरुद्ध रक्षात्मक प्रणाली विकसित गरिसकेका छन् । तर हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्ने र यिनीहरूलाई ध्वस्त पार्ने क्षमताबारे केही भन्न सक्ने अवस्था छैन ।

    अमेरिकाको कँग्रेसनल रिसर्च सेन्टर (सीआरएस) का अनुसार चीन आक्रामक रूपमा हाइपरसोनिक प्रविधिको विकास गरिरहेको छ । अमेरिकाको रक्षा मन्त्रालयले यस रिपोर्टबारे कुनै टिप्पणी गरेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ