• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    १८ बर्षिया सुजितासँगै रङ्गेहात समातिए यी चारजना !

    1.5K
    SHARES


    काठमाडौँ । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । आइतबार धनगढी उपमहानगरपालिकाको विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयकाअनुसार गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका– १३ राजपुरस्थित प्रेमसागर रानाको घरबाट चार जना युवायुवतीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजपुरका आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता राना रहेका छन् ।

    उनीहरु सबै १८ वर्षको रहेको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरिरहेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको बताएको छ ।

    ‘उनीहरु प्रयोगकर्तामात्रै हुन वा ओसारपसारकर्ता पनि हुन भन्ने कुरा अनुसन्धानबाट खुल्नेछ’, विष्टले भने । थप अनुसन्धान भइरहेको छ । दुई दिन अगाडि मात्रै राजपुरबाट प्रहरीले ३८ वर्षीया एक महिलालाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

    यसैगरी, प्रहरीले धनगढी उपमहानगरपालिका– २ रामजानकी मन्दिर नजिकबाट पनि ३.१ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल छन् ।

    पक्राउ परेका सबैलाई लागुऔषध शीर्षकमा कानूनी कारबाही हुने प्रहरी नायब उपरीक्षक विष्टले बताए । लागुऔषध बेचबिखन तथा प्रयोग न्यूनीकरणका लागि प्रहरीको विशेष टोली खटेको बताउँदै उनी भन्छन् । ‘लागुऔषधलाई हामीले प्राथमिकतामा राखेर सुरक्षा चेकजाँच, गस्ती बढाएका छौं’।

    त्यस्तै उता आफ्नै पति धनगढी उपमहानगरपालिका ७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको ह’त्या गरेको अभियोगमापत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले प’क्राउ गरेको छ ।

    रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृ’त अवस्थामा फेला परेका थिए । श’व भेटिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको ह’त्या भएको खुल्न आएपछि घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प’क्राउ गरेको हो ।

    अमृता र बिष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारी कुटपिट गर्दा बिष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची ह’त्या गरेको र श’व बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया