• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एसिड आक्रमणमा परेकी संगिताले को सँग कसिन लगनगाँठो ?

    509
    SHARES


    काठमाडौँ । सन् २०१५ मा घर नजिकैको एक युवकबाट एसिड आक्रमणमा परेकी संगिता थापा मगर वैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । संगिताले पाँचथरका २४ वर्षीय निश्चल लिम्बुसँग प्रेम विवाह गरेका हुन् ।

    संगिताले भनिन् -‘एसिडको आक्रमणबाट मेरो जीवन सकियो जस्तो लागेको थियो, तर होइन रहेछ, आत्मबल बलियो भएमा जीवन फेरी सामान्य बन्दो रहेछ ।’ हाल काठमाडौँकै कुमारी बैङ्कमा कार्यरत संगिताले निश्चललाई आफ्नी आमाको माध्यमबाट चिनेकी थिइन् ।

    एक वर्ष जति प्रेममा बसेपछि बिहे गर्ने निर्णय गरेको संगिताले बताइन। अब दुवै जना मिलेर एसिड आक्रमण बारे जनचेतना जगाउने तथा आफू जस्तै आक्रमणमा घाइते भएका दिदी बहिनीका लागि काम गर्ने योजना रहेको समेत संगिताले बताइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया