• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अपराध समाचार

    प्रेमीसँग मिलेर श्रीमानको ह’त्या

    443
    SHARES


    कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका ७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको ह’त्या गरेको अभियोगमापत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले प’क्राउ गरेको छ ।

    रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृ’त अवस्थामा फेला परेका थिए । श’व भेटिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको ह’त्या भएको खुल्न आएपछि घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प’क्राउ गरेको हो ।

    अमृता र बिष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारी कुटपिट गर्दा बिष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची ह’त्या गरेको र श’व बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    यस्तै रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका-५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

    प्रहरीका अनुसार शनिवार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमतीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन । इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो । चेकजाँचको क्रममा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।

    मृतकको शव पोष्टमार्टम गरी आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

    यस्तै उता तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापासे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    घटनास्थलबाट फलामको धारिलो हतियार बरामत गरिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन । श्रीमतीको शरीर तथा अनुहारमा चोट देखिएको प्रहरीकाे भनाइ छ । मृतक दिलकुमारीको शवकाे पाेस्टमार्टम जिल्ला अस्पतालमा तेह्रथुममा गरिएको छ । आराेपी दलबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ